Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नौ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ

नौ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ

दैनिकी न्यूज

२, आषाढ २०८०
नौ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ
images

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया नौ हजार रुपैयाँ घुससहित पक्राउ पर्नुभएको छ ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई नौ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - ०७:४१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology