Logo

शनिवार, आश्विन २४ गते २०८३

images

करका दर हेरफेर शंकास्पद

करका दर हेरफेर शंकास्पद

दैनिकी न्यूज

२३, जेठ २०८०
करका दर हेरफेर शंकास्पद
images

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले घाटा बजेट बनाएको अर्थ मन्त्रालयले राजस्वको लक्ष्य पूरा गर्न करको दायरा र दर बढाएको दाबी गरेको छ । तर केही वस्तुको करको दर परिवर्तन अस्वाभाविक देखिएको छ ।

स्वदेशी उत्पादन बढाउन भन्दै आयातित तरकारीमा समेत कर लगाएको अर्थ मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चुरोटको करमा सामान्य मात्र वृद्धि गरेको छ । विगतका हरेक बजेटमा १० देखि १९ प्रतिशतसम्म चुरोटमा कर बढाउँदै आएकोमा यो वर्ष ३ प्रतिशत मात्र वृद्धि हुनुले शंका उब्जिएको एक व्यापारीले बताए।

'चालु आवमा राजस्वको लक्ष्य पूरा नभएको भन्दै नयाँ वस्तु तथा सेवामा समेत कर लगाउन सुरु गरिएको छ,' ती अधिकारीले भने, 'धूमपानलाई निरुत्साहन गर्नुपर्नेमा किन 'थोरै मात्र कर बढाइयो ।'

चुरोटमात्र नभएर विद्युतीय सवारी, विलासी मोटरसाइकलमा निर्धारण गरिएको करको विषयमा पनि अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भएको छ । अर्थमन्त्री महतले कुनै व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर नगरेको दाबी गर्दै आए पनि केही वस्तुमा करको दर हेरफेरको प्रश्न उठेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - ०६:४५:३० बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology