Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

दैनिकी न्यूज

१९, जेठ २०८०
पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - १२:११:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology