Logo

शनिवार, आश्विन २४ गते २०८३

images

विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

दैनिकी न्यूज

१०, जेठ २०८०
विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने
images

काठमाडौं । विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार एक दिवसीय खेल ३ असारदेखि सुरु हुने जनाइएको छ ।

जसमा पहिलो खेल नै जिम्बावेसँग खेल्ने जनाइएको छ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेन नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

images
प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - ०६:०३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology