ललितपुर । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई २०७९ फागुन १२ गते राति ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी
वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।