काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रिय हज समितिका अध्यक्ष शमशेर मियाँ हुन् ।
उनलाई आज बिहिबार प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणको काम गर्दा मियाँको गाडी प्रयोग भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र खाणका सल्लाहकार नरेन्द्र केसी, पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई सहित १५ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राई फरार छन्। उनीहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।