Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

होटलमा जुवातास खेलिरहेका १० जना २ लाखबढी नगदसहित पक्राउ

होटलमा जुवातास खेलिरहेका १० जना २ लाखबढी नगदसहित पक्राउ

दैनिकी न्यूज

४, जेठ २०८०
होटलमा जुवातास खेलिरहेका १० जना २ लाखबढी नगदसहित पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १३:२८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology