ललितपुर । ललितपुरबाट प्रहरीले गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ।
मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरुको साथबाट गोलाई १४ ईन्च २ से.मी. (२ लाईन), काटिएको भागको एका तर्फको उचाई ४ से.मी. अर्को तर्फ ५ से.मी. उचाई र तौल ०.२९७ ग्राम भएको गैडाको खाग ओखेटोपहार दशी रितपुर्बक बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।