Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ

बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ

दैनिकी न्यूज

२, जेठ २०८०
बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ
images

मोरङ । सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका २ वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा  सोही ठाउँ बस्ने ३६ वर्षीय देबराज सिक्देललाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका–४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रालि फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका संचालकको नबिल बैंक शाखा कार्यालय बिराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्राक गरी विभिन्न मितिमा २८ हजार १ सय रूपैयाँ र सोही फर्मका संचालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट बिभिन्न मितिमा ६६ हजार ८ सय रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०६:५४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology