Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दैनिकी न्यूज

३०, बैशाख २०८०
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसमेत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८० शनिवार - १८:१७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology