Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी

पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी

दैनिकी न्यूज

२१, बैशाख २०८०
पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी
images

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन एमाले सचिव एवं सासंद टोपबहादुर रायमाझी बुधबार करिब १२ बजे कार्यक्रममा पुगे । सभामुख देवराज घिमिरे पनि कार्यक्रममा आएका थिए ।

अतिथि आसनग्रहण, विद्याललाई सहयोग गर्ने सहयोगी चन्दा दाताको नाम सार्वजनिक र विद्यालयको तर्फबाट स्वागत मन्तव्य अनि त्यहाँका कलासहितको झाकी प्रस्तुति गरेपछि रायमाझीलाई पक्राउ पुर्जी जारी भन्ने समाचार सार्वजनिक भयो । रायमाझीलाई कसैले पक्राउ पुर्जी जारी भएको सुनायो ।

आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व. रामलाल ज्ञवाली र स्व. नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य श्रीमती कल्पना ज्ञवाली र छोरा विश्वमणि ज्ञवालीलाई सभामुख देवराज घिमिरे र रायमाझीको हातबाट प्रमाणपत्र प्रदान गरियो ।

रायमाझीले करिब ८ मिनेट भाषण गरे । जिल्लाको बसाइँसराइ रोकथाम अबको एजेन्डा आफ्नो हुने बताए । सभामुख देवराज घिमिरेले कार्यक्रम सम्बोधन गरे र शैक्षिक सुधारका लागि सबै तह लाग्नुपर्ने विषयमा जोड दिए । सभामुखले पनि धेरै बोलेनन् । हतारहतार सभामुख घिमिरेसँगै रायमाझी सन्धिखर्क झरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ०६:३८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology