Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अधिकांश भू-भागमा वर्षाको सम्भावना, सचेत रहन आग्रह

अधिकांश भू-भागमा वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१८, बैशाख २०८०
अधिकांश भू-भागमा वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काडमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनालएको छ ।

२०८० वैशाख १८ गते (सोमबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

रातीː   देशभर आंशिक देखि सामान्य बदली रहने छ। । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

२०८० वैशाख १९ गते (मंगलबार)

दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː   गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

२०८० वैशाख २० गते (बुधबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours)

देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको  र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - १२:०३:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology