कञ्चनपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
देउवाले ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई गड्डाचौकी क्षेत्रबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।