काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएकी छिन् । शुक्रबार राति नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला प्रहरी सहायक हवलदारसमेत रहेका प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएको थियो।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार हुन्।