Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सिन्धुलीको गढीगेट नजिकबाट कार दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीको गढीगेट नजिकबाट कार दुर्घटना, ४ जनाको मृत्यु

दैनिकी न्यूज

२९, चैत्र २०७९
सिन्धुलीको गढीगेट नजिकबाट कार दुर्घटना, ४ जनाको मृत्यु
images

सिन्धुली । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ३ गढीगेट नजिक कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ः३० बजे भारतीय नम्बरप्लेटको बी आर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०९:३१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology