ललितपुर । ललितपुर जिल्लाको, ललितपुर महानगरपालिका वडा नं. ३ धोबिघाटस्थित सडकमा प्रदेश १–०३– ००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरील्े जनाएको छ ।