Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

दैनिकी न्यूज

२१, चैत्र २०७९
पेट्रोलियम पदार्थको भाउ घट्यो
images

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । भारतीय आयल कर्पोरेशनले भाउ घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले भाउ समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको भाउ लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको भाउ हिजो राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्यासको भाउ यथावत राखिएको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ०६:०४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology