Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१७, चैत्र २०७९
पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

२०७९ चैत १७ गते (शुक्रबार)

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ चैत १८ गते (शनिबार)

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा साथै तराई भू-भागका थोरै स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत १९ गते (आइतबार)

दिउँसोː  कोशी प्रदेश लगायत देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/ चट्याङ्ग तथा  हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - ०६:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology