Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह

दैनिकी न्यूज

१६, चैत्र २०७९
मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाले आज विहान मौसमपूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भू–भागहरूमा आँशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

२०७९ चैत १६ गते (बिहीबार)

दिउँसोː  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ चैत १७ गते (शुक्रबार)

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै तराई भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

रातीː देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत १८ गते (शनिबार)

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा साथै तराई भू-भागका थोरै स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा  हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०६:२२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology