Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ

नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ

दैनिकी न्यूज

१५, चैत्र २०७९
नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको मनमैंजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुसवापत लिएको नगद तथा स्रोत नखेलेको रकम गरी करिब २५ लाख रुपियाँसहित पक्राउ गरेको छ । नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २५ लाख ७२ हजार ३८८ रूपियाँको बिगो कायम गरिएको छ ।

काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रुपियाँसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, लेखापढी व्यवसायी अभिशेक कार्कीको नाममा काटिएको १६ सोह्र लाख रुपैयाँको तीन थान तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय अठासी रुपैयाँसहित मनमैंजुबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - ०५:३०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology