Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ

दैनिकी न्यूज

१३, चैत्र २०७९
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ
images

माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसन माल्टाको संयुक्त आयोजनामा माल्टाको प्याराडाइज बे माल्टामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलियाको पनि उपस्थिति रहेको थियो ।

मार्क गलियाले गत फेब्रुअरिमा सगरमाथा बेस क्याम्पमा गएर त्यहा पनि सरसफाइ गरेका थिए । आइतवारको उक्त सरसफाइ कार्यक्रममा माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारी,उपसंयोजक रेम्स खनाल र शर्मिला बस्नेत,सदस्य सचिव हरि प्रकास बिक,कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलिया,तमु समाज माल्टाका अध्यक्ष तथा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका उपसंयोजक मधु गुरुङ,नेपाल जनसम्पर्क समिति माल्टाका महामन्त्री उज्ज्वल केसी,एनएमएफसि माल्टाका अध्यक्ष राजेन्द्र बिस्ट,तामाङ समाज माल्टाका संयोजक सुनिल तामाङ दोंग,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका सदस्यहरु भगवान थापा,लोक पौडेल,शंखर खत्री,अनिश राई,

निरज श्रेस्ठ, जिवन पौडेल,नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको उपस्थिति रहेको थियो । यस्ता प्रकारका कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने संयोजक प्रकाश भण्डारीले बताए । यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिने उनले दावी गरे । भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि दाजु भाइ तथा दिदिबहिनि हरुलाइ यस्ता कार्यक्रममा जोडिन र सबैलाई समेटेर अगाडि बढ्ने बताए । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रम गर्ने जनाउदै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा जोडिन सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।

336702714_1980329548974633_6396019502474777727_n.jpg

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०७:३९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology