ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानमा ना १ क ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका वडा नं. २० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला परिसर ललितपुरले जनाएको छ ।