काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
२०७९ चैत ७ गते (मंगलबार)
दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ८ गते (बुधवार)
दिउँसोː देशभर आँशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ९ गते (बिहिवार)
दिउँसोː देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।