Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साहित्यकार रबिन्द्र समीरको कोरोनातन्त्र बजारमा

साहित्यकार रबिन्द्र समीरको कोरोनातन्त्र बजारमा

दैनिकी न्यूज

६, चैत्र २०७९
साहित्यकार रबिन्द्र समीरको कोरोनातन्त्र बजारमा
images

काठमाडौं । लेखक रवीन्द्र समीरको १३औं पुस्तकको रुपमा कोरोनातन्त्र प्रकाशित भएको छ । लघुकथा विधाका सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो । कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् ।

कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रुपमा पुस्तकमा समेटेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शाशन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा लेखिएको छ । इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास गरिएको छ । कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो ।

एक दर्शन बढी पुस्तक लेखेका लेखक समिरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकलसमाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल बिध्याभूषण पदकलगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - २०:१३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology