Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार दोलखाका श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दोलखाका श्रेष्ठ पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०७९
बैंकिङ कसूर मुद्दाका फरार दोलखाका श्रेष्ठ पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १९:३३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology