Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

६, चैत्र २०७९
आज मेघगर्जनसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०७९ चैत ६ गते (सोमबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ७ गते (मंगलबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ८ गते (बुधवार) 

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा  हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - ०८:५०:१९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology