Logo

शनिवार, आश्विन २४ गते २०८३

images

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

दैनिकी न्यूज

६, चैत्र २०७९
८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा
images

काठमाडौं । यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ८ लाख बढी सेवाग्राही कुरिरहेका छन्। उनीहरू एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।

विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ। यसले गर्दा सेवाग्राही मर्कामा छन्।

कीर्तिपुरकी अरुणा खड्काले यातायात व्यवस्था कार्यालय एकान्तकुना सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेको १ वर्ष भइसक्यो। पास भएको कागज बोकेर स्कुटर चलाउने अरुणाले अहिलेसम्म लाइसेन्स हात पारेकी छेैनन्। उनी भन्छिन्, ‘३ महिनामा लाइसेन्स लिन आउनु भनेको थियो तर ३ पटक गइसकेँ प्रिन्ट भएकै छैन भन्छन्।’

यस्तै, लाइसेन्स नवीकरण शाखामा दोलखाका मानबहादुर तामाङ भेटिए। ट्रक चलाएर जीविकोपार्जन गर्ने तामाङले सवारी अनुमतिपत्र नवीकरण गर्नका लागि निवेदन दिएका छन्। एक वर्ष अगाडि फारम बुझाएका उनले अहिलेसम्म नयाँ लाइसेन्स पाएका छैनन्। मिति सकिएको पुरानै लाइसेन्स बोकेर सवारी कुदाइरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - ०७:०८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology