Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दीपक मनाङेको सांसद पद धरापमा, ज्यान मार्ने उद्योगको फाइल फेरि खुल्दै

दीपक मनाङेको सांसद पद धरापमा, ज्यान मार्ने उद्योगको फाइल फेरि खुल्दै

दैनिकी न्यूज

२, चैत्र २०७९
दीपक मनाङेको सांसद पद धरापमा, ज्यान मार्ने उद्योगको फाइल फेरि खुल्दै
images

काठमाडौ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे अर्थात् राजीव गुरुङविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइल झिकाउने आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले सो आदेश दिएको हो ।

मनाङ प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका गुरुङविरुद्ध अदालतबाट तोकिएको कैद सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै उनी सांसदको उम्मेदवार बन्न अयोग्य रहेको रिट निवेदन परेको थियो । संवैधानिक इजलासले गुरुङविरुद्धको ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा कुनै निवेदन वा पुनरावेदन परेको÷नपरेको सम्बन्धी मिसिल अवलोकनार्थ साथै राखेर पेस गर्न पनि आदेश गरेको छ ।

जिल्ला अदालतबाट भएको फैसलाबमोजिम गुरुङले सजाय पूरा गरे पनि पाटन पुनरावेदन अदालतले सजायको अवधि बढाएर पाँच वर्ष पुर्‍याएको र त्यो भोग्न बाँकी रहेको रिट निवेदकको दाबी छ ।

गुरुङविरुद्ध गुन्डा नाइके चक्रे मिलनको ज्यान लिने उद्देश्यले खँुडा प्रहार गर्दा घाइते भएपछि प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा लगाएको थियो । महाराजगन्जस्थित चुफाङ रेस्टुराँमा डिनर खाँदै गरेको अवस्थामा ३१ वैशाख २०६१ मा मिलन गुरुङ ९चक्रे मिलन० माथि खुँडा प्रहार गरी देब्रे हात काटिदिएको भन्दै गुरुङ पत्नी इन्दिराको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेसहितका प्रतिवादीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दा चलाएको थियो ।

मुद्दाको पुर्पक्षका लागि थुनामै रहेका मनाङे दुई वर्ष जेल सजाय हुनेगरी जिल्ला अदालतबाट भएको फैसलाअनुरूप कैद भुक्तान गरी १८ चैत २०६३ मा थुनामुक्त भएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा मनाङेसँगै मुछिएका काठमाडौं नक्सालका रेवत कार्की, सोही स्थानका रमेश सुनुवार, काभ्रे खहरे पागुका गणेश लामा र चितवन कविलासका उमेश लामाले भने जिल्ला तहदेखि नै सफाइ पाएका थिए । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - ०७:१७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology