Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१, चैत्र २०७९
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

२०७९ चैत १ गते (बुधबार) 

दिउँसोː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।  

२०७९ चैत २ गते (बिहिबार) 

दिउँसोː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भेगका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

 रातीː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७९ चैत ३ गते (शुक्रवार) 

दिउँसोː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भेगका केहि स्थानहरू तथा तराई भेगका एक-दुई स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा  मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशका पहाडी भू-भागका थोरै  स्थानमा  मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - ०७:४९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology