Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरमा धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना

ललितपुरमा धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना

दैनिकी न्यूज

१, चैत्र २०७९
ललितपुरमा धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना
images

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ । महासङ्घ ललितपुर शाखाको मंगलबार बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्वर्गीय धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिएका छन् ।

“हामीले अहिले रु एक लाख राखेर कोष स्थापना गरेका छौँ, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ ।” अध्यक्ष न्यौपानेले भने, “संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्वपूर्ण हुनेछ ।”

महासङ्घ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विसं २०७४ वैशाख २६ गते निधन भएको थियो । उनले वि.सं २००६ देखि पत्रकारिता गर्दै आएका थिए । शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्ष हुन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउनका लागि कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ । “जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासङ्घ ललितपुर शाखाले लिएको छ”, सचिव कार्कीले भने ।

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - ०६:२८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology