Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका लामा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका लामा पक्राउ

दैनिकी न्यूज

३०, फाल्गुण २०७९
बैंकिङ कसूर मुद्दाका फरार सिन्धुपाल्चोकका लामा पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका वडा नं. ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका(६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७९ मंगलवार - ११:५६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology