Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपति पौडेल आज शीतल निवासमा

राष्ट्रपति पौडेल आज शीतल निवासमा

दैनिकी न्यूज

२९, फाल्गुण २०७९
राष्ट्रपति पौडेल आज शीतल निवासमा
images

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज (सोमबार) शीतल निवास छिर्दै छन् ।

गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ, त्यसलगत्तै राष्ट्रपतिज्यूले पदभार ग्रहण गर्नु हुनेछ,’ कार्कीले भने ।

संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था उल्लेख छ । तर, हाल प्रधानन्यायाधीश रिक्त रहेका कारण कामु प्रधानन्यायाधीशले नै शपथ गराउनेछन् । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - ०६:३५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology