Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि होः डिपी ढकाल

प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि होः डिपी ढकाल

दैनिकी न्यूज

२८, फाल्गुण २०७९
प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि होः डिपी ढकाल
images

भक्तपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।

शनिवार प्रेस सेन्टर नेपाल, भक्तपुरको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले संघीयता माथि प्रहार गर्दै प्रदेश सरकारले केही गरेन भन्नेहरुलाई जवाफ दिनुपर्ने प्रष्ट पारे । बागमती प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने जिकिर गर्दै बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले संघ मातहत हुँदा हप्ताको ८० जना बिरामी जाच्ने अस्पताललाई अहिले दैनिक ८ सय बिरामी जाच्न सक्ने अवस्थामा पुर्याइएको जानकारी गराए । राजधानी संगै जोडिएको देशकै दोश्रो जेठो भक्तपुर अस्पतालमा आइसीयु आइपुग्न संघीयता नै आउनुपरेको प्रष्ट पार्दै उनले जनताको स्वास्थ्य र शिक्षामा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको दावी गरे । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएपनि प्रचार नभएको भन्दै उनले विद्यालयको भौतिक र शैक्षिक पूर्वाधारको बिकाशमा बागमती प्रदेश सरकारले ठुलो प्रगती गरेको जिकिर गरे ।

कृषी र पर्यटनको बिकासको लागि भएका प्रयासहरुबारे जानकारी गराउदै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले नागरिकलाई स्वरोजगार बनाउने तालिममा मात्र वार्षिक २० करोड लगानी गरेको तथ्यांक प्रस्तुत गरे । स्थानीय तहलाई स्थानीय आवश्यकताको आधारमा अरवौं रुपैया अनुदान उपलब्ध गराउदै आएको उल्लेख गर्दै उनले प्रदेश सरकारले नमूना समाजवादी वडाको लागि २५ करोड उपलब्ध गराएको जानकारी गराए ।

332989351_765358195211256_2280031233675029171_n.jpg

उक्त अवसरमा नेता ढकालले भर्खरै प्रदेशले २० प्रतिसत खर्च कटौती गरेको जानकारी गराउदै प्रदेश सुशासनको लागि समिति नै बनाएर प्रतिबेदन तयार पारेको र त्यसलाई कार्यान्वयन गरिएको दावी गरे ।

कार्यक्रममा नेता ढकालले भक्तपुरको बिकासका योजनाहरु सुनाउदै भक्तपुर जोड्ने चक्रपथ नभएकोले प्रदेश सरकारले भक्तपुरको छुट्टै चक्रपथ बनाउन बजेट व्यवस्था गर्ने देखि खानेपानी र रोजगारको क्षेत्रमा योजना बनाउने बताए । प्रदेश सरकारले उत्पादनमा जोड दिने दावी गर्दै उनले उत्पादन संग जोडिने पेशा व्यवसायलाई संरक्षण र प्रवर्द्धन गरिने जिकिर गरे ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले पत्रकारका प्रश्नको सम्बोधन गर्दै संविधानको प्रस्तावनामै शसस्त्र युद्धमा शहिद भएकालाई सम्मान गरिएकोले जनयुद्धमा बिदा दिने सरकारको निर्णय सहि भएको बताए । उनले माओवादी जनयुद्धका एजेन्डा लागू भएकाले जनयुद्धको जीत भएको अवस्थाबारे बताउदै एजेन्डाले जित्ने र योद्धाले हार्ने स्थिति नहुने जिकिर गरे । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर देश स्थायी शान्ति र दिगो बिकासमा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा संक्रमणकालिन न्याय, शान्ति, सुशासन, बिकाशनिर्माण, कार्यक्रम र योजनामा रहेर पत्रकारहरुले बिबिध जिज्ञासा राखेका आयोजक प्रेस सेन्टर भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले बताए ।

पत्रकास महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले समग्र भक्तपुरको विकास निर्माणमा ढकालले नेतृत्वदायी भूमिका खेल्नु पर्ने औल्याए ।

पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदीले अहिलेको पत्रकारिता प्रविधिको घेराबन्दीमा परेको बताए ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०७:१३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology