Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा कालिञ्चोक गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय पंकज न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र १० लाख ३५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । न्यौपानेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी २०७७ साउन ९ र २५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १७:५५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology