काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीवार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको घोषणा हुनासाथ जसपाले रामसहायलाई उपराष्ट्रपतिका उम्मेदवार घोषणा गरेको हो।
उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ । त्यसका लागि यही फागुन २७ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।