Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दूधको मूल्य बढ्योः किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ

दूधको मूल्य बढ्योः किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
दूधको मूल्य बढ्योः किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ
images

काठमाडौं । दूधको उपभोक्ता मूल्य प्रतिलिटर सय रुपैयाँ पुगेको छ । दुग्ध व्यवसायी तथा उद्योगीले उपभोक्तालाई चर्को भार पर्ने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँका दरले बढाएका हुन् । हालसम्म दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ छ ।

यसअघि शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउने निर्णय गरेको थियो । त्यसपछि उद्योगीले लिटरमै १४ रुपैयाँ मूल्य बढाएका हुन् ।

दाना, पराल, चोकरलगायत वस्तुको मूल्यवृद्धिको कारण देखाउँदै उद्योगीले गत पुसमा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँका दरले मूल्य बढाएका थिए । तर, त्यसको चौतर्फी आलोचना भएपछि मूल्यवृद्धि फिर्ता लिइएको थियो । त्यसपछि दुग्ध विकास बोर्डको नेतृत्वमा किसानको लागत मूल्य, बजार मूल्य र मूल्यवृद्धिलगायत पक्षको वैज्ञानिक अध्ययन गरेर बोर्डले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउने निष्कर्षसहितको प्रस्ताव पेश गरेको थियो । तर, सरकारले उद्योगीकै मूल्यमा सहमति जनाएपछि लिटरमा १४ रुपैयाँ मूल्य बढेको हो ।

बिहीवारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । डेरी उद्योग संघलगायत अन्य निजीक्षेत्रका डेरीहरूले मूल्य बढाइसकेको र सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलगायतले पनि आइतवारसम्म नयाँ मूल्य तोक्ने उनले जानकारी दिए । यो खबर आजको आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - ०६:०१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology