Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल तामाङ घेदुङ निजगढको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा थोकर निर्वाचित

नेपाल तामाङ घेदुङ निजगढको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा थोकर निर्वाचित

दैनिकी न्यूज

२१, फाल्गुण २०७९
नेपाल तामाङ घेदुङ निजगढको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा थोकर निर्वाचित
images

उमेश घलान/निजगढ । नेपाल तामाङ घेदुङ निजगढ नगरको तेस्रोे अधिवेशन सम्पन्न भएको छ । शनिबार निजगढ उद्योग वाणिज्य संघ सभा हलमा सम्पन्न अधिवेशनबाट शंकर थोकर अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष थोकरको नेतृत्व मा २ सदस्य थप्नेगरि हाल १० सदस्यीय कार्य समिति गठन भएको छ ।

यस्तै उपाध्यक्षमा जीरीमाया बल, जीतबहादुर बल, सचिवमा कुमार मोक्तान, सह–सचिवमा मनमाया लामा र कोषाध्यक्षमा मिनमाया लामा निर्वाचित भएका छन् । त्यस्तैगरि सदस्यहरुमा सुमित्र लामा, उमेश घलान, देव तामाङ्ग र धर्मराज भोलन सर्व सम्मत चयन भएका छन् । सिद्धार्थ लोप्चनको अध्यक्षता भएको उक्त अधिवेशनमा मधेस प्रदेशकी प्रदेह सभा सदस्य मिना लामाको अतिथ्यातामा भएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि मिना लमाले पानसमा दिपप्रज्वलनगरि उदघटान गरेकी थिईन । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि र अथितिहरुमा नेपाल तामाङ घेदुङकी केन्द्रीय सदस्य लक्ष्मीमाया बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश उपाध्यक्ष सुनमाया लोप्चन निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, नेपाल तामाङ घेदुङ बारा जिल्ला अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर–१३ का वडा अध्यक्ष सुर्य घलान, तिलक घलान, सवर्ण लामा, हस्त लामा, लगायतले तामाङ्ग घेदुङ्गको बारे मनतव्य व्यक्त नरेका थिए ।

त्यस्तै अतिथिहरुमा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्नििा लगायत विभिन्न राजनितिकदलका प्रतिनिधी समाजसेविहरुको सहभागीता रहेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ०६:५२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology