Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एक लाख ६० हजार नगदसहित १२ जुवाडे ललितपुरबाट पक्राउ

एक लाख ६० हजार नगदसहित १२ जुवाडे ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

१९, फाल्गुण २०७९
एक लाख ६० हजार नगदसहित १२ जुवाडे ललितपुरबाट पक्राउ
images

ललितपुर । ललितपुरको थसिखेलबाट एक लाख लाख ६० हजार नगदसहित जुवा खालबाट १२ जना पक्राउ परेका छ्न ।

ललितपुर–१४ थसिखेलमा शुक्रबार इश्वरी खड्काको घरमा छापा मारेर प्रहरीले १२ जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रवीण पोखरेलले जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार ५१ वर्षीय ईश्वरी खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर १२ जना जुवाडेसहित १ लाख ६० हजार १५ रुपैयाँ नगद र ९ बुक तास बरामद भएको बताए ।

पक्राउ पर्नेमा ललितपुर–१४ नख्खिपोट बस्ने वर्ष ५० की कान्छी माया तामाङ, तिखेदेवल बसने वर्ष ३६ की निता थापा, वर्ष ४२ की निलीमा राई, नख्खिपोट बस्ने वर्ष ५२ की लक्ष्मी गुरुङ, थसिखेल बस्ने वषर्् ५२ की घर धनी ईश्वरी खड्का, थसिखेल बस्ने वर्ष ५९ की मन्जु गुरुङ न्यौपाने रहेका छन् ।
त्यस्तै ललितपुर–४ धोविघाट वस्ने वर्ष ४९ को राज कुमार केसी, ललितपुर–१४ तिखेदेवल बस्ने वर्ष ३७ को बिल बहादुर लामा, काठमाडौं–१५ डल्लु बस्ने वर्ष ४० को निमा लामा तामाङ, ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ४० को जीवन घिसिङ, काठमाडौंं–१५ डल्लु बस्ने ४२ को निङ्मा तामाङ र ललितपुर–२३ धापाखेल बस्ने वर्ष ५० को शंकर विश्वकर्मा रहेका छन् ।
पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - २१:४२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology