Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपति निर्वाचनः आजदेखि आचारसंहिता लागू

राष्ट्रपति निर्वाचनः आजदेखि आचारसंहिता लागू

दैनिकी न्यूज

१७, फाल्गुण २०७९
राष्ट्रपति निर्वाचनः आजदेखि आचारसंहिता लागू
images

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आज (बुधबार) देखि आचारसंहिता लागू भएको छ।

निर्वाचन आयोगका अनुसार आजदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुन लागेको हो। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति निर्वाचन २५ फागुनमा र उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदैछ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ उम्मेदवार रहेका छन्। आयोगका अनुसार दुवै जनाको उम्मेदवारी कायमै रहेको छ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न समेत सबैलाई आग्रह गरेको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जनाले मतदान गर्नेछन्।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा लागु हुने जनाइएको छ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - ०९:०९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology