Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भोलिदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु हुने

भोलिदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु हुने

दैनिकी न्यूज

१६, फाल्गुण २०७९
भोलिदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु हुने
images

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागु हुने भएको छ।

निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गते ९बुधबार०देखि आचारसंहिता लागु हुने जनाएको हो।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा लागु हुने जनाइएको छ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका रहेको छ।

निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १८:१४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology