Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूरमा ८६ लाख जरिवाना ठहर भएका रविभक्त पक्राउ

बैंकिङ कसूरमा ८६ लाख जरिवाना ठहर भएका रविभक्त पक्राउ

दैनिकी न्यूज

१६, फाल्गुण २०७९
बैंकिङ कसूरमा ८६ लाख जरिवाना ठहर भएका रविभक्त पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौति नगरपालिका वडा नं. ५ स्थायी वतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो
।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १७:२९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology