काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
सरकारबाट नेकपा (एमालेस) हितका दलहरू बाहिरिएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री मात्रै थिए।