Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार पाण्डे प्रहरीको फन्दामा

बैंकिङ कसूर मुद्दाका फरार पाण्डे प्रहरीको फन्दामा

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
बैंकिङ कसूर मुद्दाका फरार पाण्डे प्रहरीको फन्दामा
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका वडा नं. ३ घर भइ काठमाडौं टोखा नगरपालिका वडा नं. ४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १८:३५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology