Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपति निर्वाचन अन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचन अन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

दैनिकी न्यूज

१२, फाल्गुण २०७९
राष्ट्रपति निर्वाचन अन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने
images

काठमाडौं । आज निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा भोट हाल्ने मतदाताहरूको अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज नामावली प्रकाशन गर्ने तयारी गरिएको हो ।

आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १३ गते उमेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।

अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०९:२६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology