Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरको ताल्छिखेलमा सवारी दुर्घटनामा १ जनाको मृत्यु

ललितपुरको ताल्छिखेलमा सवारी दुर्घटनामा १ जनाको मृत्यु

दैनिकी न्यूज

११, फाल्गुण २०७९
ललितपुरको ताल्छिखेलमा सवारी दुर्घटनामा १ जनाको मृत्यु
images

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. १४ ताल्छिखेलमा बा. ९१ प ९००० नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री दोलखा भिमेश्वर नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–४ जावलाखेल बस्ने ५४ वर्षीय दिपक शाहको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - १४:२०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology