Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दैनिकी न्यूज

११, फाल्गुण २०७९
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
images

ललितपुर । ललितपुरको ललितपुर महानगर वडा नं. १३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - ०७:३३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology