Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिआइजी सिंहले दिए राजीनामा

डिआइजी सिंहले दिए राजीनामा

दैनिकी न्यूज

१०, फाल्गुण २०७९
डिआइजी सिंहले दिए राजीनामा
images

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन्।

जन्ममितिमा विवाद भएपछि डिआइजी सिंहले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। उनी आगामी चैत ११ गतेपछि हुने नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुखको रूपमा दाबेदार थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको दौडमा थिए।

उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।

२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।

उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी) को उमेरहद ५५ वर्ष छ। तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए।

उनीसहित १७ जना गत असार ८ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। उनी बढुवा हुनुअघि नै उमेर हद पुगिसकेको थियो।

अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - १९:०२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology