Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१०, फाल्गुण २०७९
बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - १८:५४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology