Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

दैनिकी न्यूज

९, फाल्गुण २०७९
नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव
images

काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन्।

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ। ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो नि !’, एमालेका एक पदाधिकारीले भने।

ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०७:०८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology