Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपतिका कारण सत्ता गठबन्धन फुटको संघारमा

राष्ट्रपतिका कारण सत्ता गठबन्धन फुटको संघारमा

दैनिकी न्यूज

९, फाल्गुण २०७९
राष्ट्रपतिका कारण सत्ता गठबन्धन फुटको संघारमा
images

काठमाडौं । आगामी राष्ट्रपतिको विषयलाई आ लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले सहयोग नगर्ने भएपछि गठबन्धन फुट्ने संकेत देखिएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको माओवादीका नेताहरूले बताइरहँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने राजनीतिक सहमतिअनुसार राज्यका शक्ति बाँडफाँट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएको छ ।

एक हप्तादेखि साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सोमबार पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । यसलाई सत्ता साझेदार दल एमालेलाई राष्ट्रपति नदिने रणनीतिको रूपमा एमालेले लिएको छ ।

राष्ट्रपति एमालेले उठाएको व्यक्ति नै हुने भन्दै एमाले नेता सूर्य थापाले भने, 'यदि माओवादीले विगतका राजनीतिक सहमति कार्यान्वयन नगरेर एमालेलाई धोका दियो भने उसले पनि ठूलै मूल्य चुकाउनु पर्छ । हामी सरकारमा रहँदैनौं, सरकार ढल्छ ।' यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०६:५७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology